२७ बैशाख २०८१, बिहीबार

साताको पहिलो कारोबार दिन नेप्सेमा ८० अंकको गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतवार शेयर बजारमा झण्डै ८० अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंक कायम भएको छ । आज कारोबार शुरू भएदेखि नै नेप्से घट्न थालेको थियो । आज सेन्सेटिभ परिसूचक समेत १४.५३ अंकले घटेर ४४७.२९ बिन्दु कायम भएको छ ।

आज कारोबारमा आएका २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद बिक्री हुँदा आठ अरब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँको कारोबार भएको छ । आज होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ भने बाँकी सबै समूह राताम्मे बनेका छन्।

पहिलो कारोबार दिनमा सबैभन्दा बढी जीवन बीमा ६१५, उत्पादनमूलक १९४, निर्जीवन बीमा १७९ अंकले घटेका छन्। बजार घटे पनि आज चन्द्रगिरि हिल्सको ९.८१ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४१४ रूपैयाँ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !