प्रचण्ड–माधव पक्षले किन सार्वजनिक गरेन प्रतिवद्धता पत्र ?
काठमाडौ।नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भन्दै गएको माघ २६ गते कमिटी गठन गर्योप। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुजी पन्त, वर्षमान पुन र लिलामणि पोखरेल रहेको ८ सदस्यीय कमिटी घोषणा भयो।
आवश्यकता अनुसार अरु सदस्य पनि थप गर्दै जाने निर्णय समेत भएको भयो।प्रतिवद्धतापत्र पत्र लेखन समिति घोषणा भएको पनि २० दिन पुगिसक्यो तर प्रतिवद्धतापत्र पत्र अझै सार्वजनिक भएको छैन। समितिको विषयवस्तुमा केन्द्रित भई अहिलेसम्म छलफल समेत नभएको एक नेताले बताए। ‘प्रतिवद्धता पत्र लेखनका लागि ८ सदस्यीय कमिटी घोषणा भयो। अहिलेसम्म एक पटक बैठक बसेको छैन,’ ती नेताले भने, ‘खै कहिले प्रतिवद्धता पत्र सार्वजनिक हुने हो थाहा छैन।’
यस्तै प्रतिवद्धतता पत्र लेखन समितिका सदस्य एवं स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समेत यस विषयमा अनविज्ञता प्रकट गरे। ‘प्रतिवद्धतापत्र लेख्ने भन्ने थियो। त्यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा धेरै थाहा छैन,’ पाण्डेले भने। नेपाल लाईभ