१३ मंसिर २०८१, बिहीबार

अन्तर्राष्ट्रिय गणित सम्मेलन चैत २७ देखि



काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ ।

नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलनमा शुद्ध एबम् प्रायोगिक गणित अन्तर्गतका २३ विधाहरु समेटिएका छन् ।

हालसम्म इटली, मोरक्को, बंगलादेश, भारत लगायत करिब २० वटा देशहरुबाट गणितविज्ञ तथा शोधार्थीहरुले आफ्ना शोधकार्य प्रस्तुतीकरण गर्नका लागि आबेदन दिएका छन् ।

सम्मेलनमा नेपाली गणितज्ञ तथा शोधकर्ताहरुलाई सहभागी गराउने लक्ष्य राखिएको छ । गणितीय विधाको अनुसन्धानमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको गणित समाजका सचिव डा.दीनेश पन्थीले जानकारी दिएका छन् ।

सम्मेलनबाट गणित विधामा विश्वव्यापीरुपमा भईरहेको अध्ययन अनुसन्धानका बारेमा नेपाली गणितज्ञ परिचित हुने र देश भित्र भइरहेका अध्ययन अनुसन्धानका बारेमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँच वटा ख्याति प्राप्त गणितज्ञका प्लेनरी कार्यपत्र प्रस्तुत गरीने तयारी छ । २५ वटा आमन्त्रित कार्यपत्र पेश हुनेछन् । स्वदेश तथा विदेश गरी करिब एक सय २० वटा अनुसन्धानात्मक कार्यपत्र पेश गरिने बताइएको छ ।

करिब २५० जना गणितज्ञको सहभागिता हुने अनुमान गरिएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेशनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !