१० मंसिर २०८१, सोमबार

प्रचण्ड अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न पुगे सर्वोच्च



काठमाडौं । नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष प्रचण्ड अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

अध्यक्ष प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !