५ जेष्ठ २०८१, शनिबार

र्हेनुहोस्, ओखर खाँदा हुन्छ नसोचेको फाइदा



एजेन्सी । सामान्यतय ओखर नियमित रुपमा खाँदा यसले शरीरका लागि धेरै फाइदा जनक हुने छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य रोगहरुबाट पनि यसले टाढा राख्छ ।

अमेरिकामा भएको एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएको छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताको स्तर पनि निकै सुधार हुने त्यो अध्ययनले निष्कर्ष निकालेको छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।

नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्यो जर्नलमा जनाइएको छ ।

अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताको स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शोधार्थीले यो अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु रोगसँग सम्बन्धित रहेर पनि ओखरबारे शोध गरिएको थियो । यसपटक डिप्रेसनको विषयमा केन्द्रित रहेर गरिएको शोधले पनि राम्रो नतिजा निकालेको छ ।

यतिमात्र होइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएको छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य रोगहरुबाट पनि यसले टाढा राख्छ ।



प्रतिक्रिया दिनुहोस !