१ जेष्ठ २०८१, मंगलवार

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट



काठमाडौँ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । 

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np  मार्फत हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो । 

 



प्रतिक्रिया दिनुहोस !