किन बस्यो एक्कासी प्रकाशनमानको घरमा पौडेल पक्षको बैठक ?
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि सम्भावित सत्ता समीकरणमा निर्णायक बनेको नेपाली कांग्रेसभित्र आन्तरिक छलफलले तीव्रता पाएको छ ।
बिहीबार कांग्रेसका शीर्ष नेताहरूको बैठकले ‘नेकपाको विवाद नटुंगेसम्म सत्ता राजनीतिबारे धारणा बनाउन जरुरी नरहेको’ निष्कर्ष निकालेको थियो ।पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शुक्रबार साँझ पौडेल पक्षका नेताहरूको बीचमा पार्टीको महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको छ ।
मूख्यत: कांग्रेस महाधिवेशनमा छलफल केन्द्रित रहेको बताइए पनि बैठकमार्फत् पौडेल पक्षले सभापति देउवालाई खास सन्देश दिन खोजेको छ ।