२ जेष्ठ २०८१, बुधबार

नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको नर्भिक अस्पतालले जनाएको छ। भेन्टिलेटरमा उपचाररत जोशीको शनिबार बिहानदेखि स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएका हुन्।

नर्भिक पुगेदेखि नै वेहोश रहेका उनले शनिबार बिहानदेखि दायाँ हातखुट्टा अलि अलि चलाउन थालेको अस्पतालले जनाएको छ।

चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको हुन्। अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने चिकित्सकको भनाई छ।

पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो।



प्रतिक्रिया दिनुहोस !