१६ चैत्र २०८०, शुक्रबार

आज र भोलि पहाडी भेगमा वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !