१३ मंसिर २०८१, बिहीबार

सांसदहरुले तपाईंले राजीनामा दिनु हुन्छ कि नाइँ भनेर सोध्दा ओलीले दिए यस्तो जवाफ



काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरुसँग छलफल गरेका छन् ।  शुक्रबार होटल याक एण्ड यती होटलमा आफू निकटका सांसदहरुसँग छलफल गर्दै ओलीले आफूले पदबाट राजीनामा नदिने दोहोर्‍याए । त्यस्तै ओलीले बालुवाटारमै पनि केही सांसदहरुसँग छलफल गरे । 

‘प्रधानमन्त्रीबाट राजीनामा दिने कुरै छैन । जे आउँछ त्यसलाई फेस गरेर जाने हो तपाइँहरु पनि त्यही अनुसार लाग्नुस्,’ छलफलमा सहभागी गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले प्रधानमन्त्रीलाई उदृत गर्दै भने । उनका अनुसार छलफलमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हिँड्ने छुट आफूलाई नरहेको बताए ।  



प्रतिक्रिया दिनुहोस !