१३ मंसिर २०८१, बिहीबार

सुरु भयो मन्त्रीपरिषदको बैठक , यस्तो विषयमा छलफल हुँदै



काठमाडौ।संसद पुनस्थापनापछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछिको परिस्थितीलाई कसरी सामना गर्ने भन्‍ने विषयमा बैठक केन्द्रीत रहने एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार बैठकमा यसबाहेक नियमित मन्त्रालयगत कार्यतालिका पनि छ ।  

प्रधानमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर फर्केपछि शुक्रबारलाई मन्त्रिपरिषद्को बैठक तय भएको हो । प्रधानमन्त्रीले आफू निकटका सांसदहरुसँग अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा शुक्रबार नै छलफल गरेका थिए । उक्त छलफलमा अदालतको आदेश पालना गर्दै प्रतिनिधि सभा बैठक फागुन २३ गतेभित्रै बोलाउने र संसदमै आफू प्रस्तुत हुने निर्णय भएको छ ।  

‘सडकमा रहेका नेकपा दाहाल-नेपाल समूहले केके गर्न सक्छन् भन्‍ने विषयमा हरेक मन्त्रीको धारणा लिएर प्रधानमन्त्री अगाडि बढ्न लाग्नु भएको छ’ एक मन्त्रीले भने ।



प्रतिक्रिया दिनुहोस !