१० मंसिर २०८१, सोमबार

ओलीविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद प्रचण्ड–नेपालको साथ छाड्दै



काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको साथ छाड्न थालेका छन्।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षमा खुलेका कतिपय सांसदले पनि साथ छाड्न थालेका हुन्। नेकपाको विकल्पमा सरकार गठनका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलाई सत्ता बुझाउनका लागि प्रचण्ड–नेपालको कसरत सुरु भएपछि एकताको पक्षमा भन्दै उनीहरूले साथ छाड्न थालेका छन्।

पछिल्लो पटक प्रतिनिधि सभा सदस्य माया ज्ञवाली ओलीको पक्षमा उभिएकी छन्। ‘हस्ताक्षरको प्रयोग अविश्वास प्रस्तावमा गरियो तर म अहिले ओली पक्षमा छु’, ज्ञवाली भन्छिन्,‘नेकपा विभाजन र नेकपाको विकल्पमा सरकार खोज्ने नेताको साथ लाग्न सकिएन।’

उनी नेता बामदेव गौतमको एकता अभियानमा पनि सहयोगी छन्। मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका जीवराज आश्रित पत्नी ज्ञवाली भन्छिन्,‘यो एकताले नै कम्युनिस्टको सरकार बलियो जनमतमा आएको थियो। तर पार्टीको विकल्पमा सरकार खोज्ने र विभाजनतिर जाने विषय स्वीकार्य छैन।’

यसअघि प्रचण्ड–नेपाल खेमामा उभिएका नेपालनिकट मानिएका सांसद तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ ओली पक्षमा खुलेका छन्। उनले जनताको बहुदलीय जनवाद, पूर्वएमालेको पक्षमा रहेकाले आफू प्रचण्डको समूहमा जान नसकेको बताउँदै आएका छन्।Online News7



प्रतिक्रिया दिनुहोस !