४ जेष्ठ २०८१, शुक्रबार

अप्रेसनपछि नवीन्द्रराज जोशी खतरामुक्त तर अवस्था जटिल नै



काठमाडौ।शुक्रबार बिहान तीन बजे आसपास कांग्रेस नेता नवीन्द्रराज जोशीको शरिरको देब्रे भाग चल्न छोडेपछि उनलाई वीर अस्पताल लगिएको थियो । 

तर, उनको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने देखिएपछि थप उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पताल लगियो ।

अस्पतालले जोशीको मस्तिष्कको अति संवेदनशील स्थानमा रगत जमेपछि शल्यक्रिया गरिएको हो । जाेशीकाे समस्यालाई चिकित्सकहरुले मस्तिष्कघात भनेका छन् ।

मस्तिष्कको अति संवेदनशील भागमा रगत जम्नु निकै जोखिम र जटिल हुने मानिन्छ । संवेदनशील ठाउँमा रगत जमेपछि जोशीको अवस्था जटिल बनेको थियो ।

सम्वेदनशील भागमा रगत जमेपछि गरिने शल्यक्रिया केही जटिल भए पनि शल्यक्रिया सफल भएको छ । तर जोशी अप्रेसनबाट खतरामुक्त भए पनि अवस्था जटिलबाट कम नभएकाे बताइन्छ । 

‘मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अप्रेसन गरिएको छ । सामान्य भए पनि अप्रेसन रिस्क मानिंदो रहेछ’ नेताहरुसँगै अस्पताल पुगेका नेविसंघ नेता युपि लामिछानेले भने, ‘अप्रेसनपछि उहाँलाई आइसियुमा ७२ घण्टासम्म अब्जरवेसनमा राख्ने अस्पतालले जनाएको छ । अप्रेसनपछि चिकित्सकहरुले खतरामुक्त भनेका छन् । तर, अवस्था जटिल नै भन्ने नै छ ।’ 

अप्रेसनपछिको अवस्था रहिरहे अवस्था सुधार हुँदै जाने जानकारी चिकित्सकहरुले गराएको परिवारको भनाई छ ।

जोशीलाई नर्भिक पुर्याएपछि नेता रामचन्द्र पौडेल, नेत प्रकाशमान सिंहसहितका नेताहरु अस्पताल पुगेर फर्किएका छन् ।

जोशीको उपचारमा डा. राजीव झाको टोली खटिएको छ ।



प्रतिक्रिया दिनुहोस !