१० मंसिर २०८१, सोमबार

नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात



काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान उनलाई वीरबाट नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिएका छन् । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि बताएका छन् ।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !