४ जेष्ठ २०८१, शुक्रबार

कैलालीमा दुई किलो चरेशसहित दुई पक्राउ



कैलाली । आज कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।

यस सम्वन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !