१३ मंसिर २०८१, बिहीबार

नेपाल किसान संघको नुवाकोट शित भण्डारलाई चेतावनी



१३ फागुन नुवाकोट । नेकपा ओलि समुहका नुवाकोट जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेश सभा सदस्य बद्रि मैनाली अध्यक्ष रहि गत बर्षबाट सञ्चालनमा आएको नुवाकोट शित भण्डार प्रालिले किसानलाई दिनु पर्ने सुबिधा र सहुलियत नदिईएको भनि विभिन्न सञ्रमाध्यममा आएको समाचार प्रति नेपाली काँग्रेस निकट नेपाल किसान संघका जिल्ला सचिव शिव गुणिले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै आफ्नो संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रधानमनित्र कृषि आधुनिकिकरण परियोजनाको उप आयोजना अन्तर्गत पुरक अनुदानमा निर्माण भएको शित भण्डार प्रालीले परियोजना सञ्चालन भएको क्षेत्रका किसानहरु लाई दिनु पर्ने अनुदान छुट नदीई शित भण्डार सञ्चालन गर्दै आएको छ । परियोजनाको ११ करोड २५ लाख रुपैयाँ पुरक अनुदानमा निर्माण भएको शित भण्डारले ५ बर्ष सम्म परियोजना क्षेत्रबाट उत्पादन भएका कृषि उपजको भण्डारण गर्दा ५० प्रतिशत अनुदान दिनु पर्ने प्राबधान रहेको छ । उक्त प्राबधानलाई कार्यनयन नगरेको भन्दै पीडित किसानहरूले जिल्ला प्रशासन कार्यलयमा दिएको निवेदन प्रति जिल्ला प्रशासन कार्यलयले छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढाउदै होला यस प्रति आफ्नो सकारात्मक धारणा रहेको बताएको छ ।

जिल्ला प्रशासनको निर्णयसँगै किसानको माग सम्बोधन नभए आन्दोलनको आधिबेरि ल्याउने र आन्दोलनको सामना गर्न पनि सम्बन्धि निकायलाई चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !