१३ मंसिर २०८१, बिहीबार

नेकपा एकढिक्का भएर अगाडी बढ्ने : उर्जामन्त्री रायमाझी



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी एकढिक्का भएर अगाडी बढ्ने सम्भावना रहेको बताएका छन् ।

प्रचण्ड माधव नेपाल पक्ष र काँग्रेस मिल्न सक्ने सम्भावना पनि रह्यो । काँग्रेसँग ओली पक्षको नेकपाको पनि एकता हुनसक्ने सम्भावना छ । बहुमत पुर्याउँनका लागी आफनो तहबाट प्रयास गर्नु स्वभाविक हो ।

हिजो बेलुका नेता रायमाझीले संसदिय दलमा ओलीको पक्षमा बहुमत पुग्ने बताएका छन् ।

सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गछौँ, पार्टी एकतामा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओली संसदिय दलको नेता भएकाले संसदीय दलको बैठक बोलाउँनुपरेमा ओलीले मात्र बोलाउँन सक्ने बताएका छन् ।

सरकार बनाउँनका लागी बहुमत आवश्यकता पर्दछ, सम्भावनाका ढोका जताततै खुला गरेका छौँ, रायमाझीले भने । संविधानको रक्षाका लागी नेकपा प्रतिवद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !