राजीनामाको बिषयमा मुख खोले , यस्तो दिए प्रतिक्रिया
काठमाडौ।सत्तारुढ नेकपाको ओली समूहले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्ने प्रकारको भएको ओली समूहको निर्णय छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्ने सहमति बनेको छ ।
विभिन्न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनिमात्र राजीनामा दिने तयारी रहेको उनले बताए । राजीनामा दिएर पनि लामो समयसँम्म नयाँ प्रधानमन्त्री बन्न नसकेर कामचलाउ सरकारले काम गरेको विगतलाई मध्येनजर राखेर छलफलपपछि मात्र राजीनामाबारे निश्कर्षमा पुग्ने ओली समूहले स्पष्ट पारेको छ ।