प्रतिनिधि सभाको पहिलो बैठकबाटै ओलीलाई फाल्ने प्रचण्ड–नेपाल समूहको तयारी
काठमाडौ।सर्वोच्च अदालतको फैसला आए लगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन दवाव दिईसकेका छन् ।
प्रचण्डको दवाव अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएनन् भने के होला ? यसबेला सर्वाधिक चासोको विषय यही हो ।सर्वोच्चको फैसला अनुसार २३ फागुनभित्र प्रतिनिधि सभाको बैठक बस्नेछ । किनभने फैसलामा १३ दिनभित्र बैठक बोलाउन आदेश दिइएको छ ।
प्रतिनिधि सभाको बैठक बस्नु अघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएनन् भने पहिलो दिन नै उनलाई हटाउने योजना प्रचण्ड–माधव पक्षले बनाएको छ ।
अस्ति ५ पुसमै प्रचण्ड–माधव समुहले प्रधानमन्त्री ओली बिरुद्ध संसद सचिवालयमा अविस्वास प्रस्ताव दर्ता गरिसकेको छ ।
सभामुख अग्नी सापकोटाको सचिवालयमा कार्यरत एक सदस्यका अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेकै दिन प्रधानमन्त्री ओलीमाथिको अविस्वासको प्रस्ताव टेवुल गरिनेछ ।
अविस्वासको प्रस्ताव टेवुल गर्न बिलम्व गरेमा ओलीले विस्वासको मत लिने प्रक्रिया सुरु गर्न सक्छन् ।
विस्वासको मत लिने प्रक्रिया पुरा भएमा प्रधानमन्त्री ओलीलाई संविधान अनुसार संसद विघटन गर्न पाउने अधिकार छ ।
ओलीले त्यो अधिकार प्रयोग गर्न नपाउनु भनेरै प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन उनी माथि दर्ता गरिएको अविस्वासको प्रस्ताव टेवुल गर्न लागिएको हो ।नेपाल वाच बाट लिएको ।