५ जेष्ठ २०८१, शनिबार

सकियो ओली समूहको बैठक

भोलि पुन बस्ने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेर बैठक सकिएको प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीका अनुसार आज बसेको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको बताएका छन् ।

संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको जानकारी दिए । अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको ज्ञवालीले जानकारी दिएका छन्।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस !