७ मंसिर २०८१, शुक्रबार

मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले दिए यस्तो प्रतिक्रिया



काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि बिजयको खुशीयाली मनाइरहेका विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेका छन् ।

चितवनको आमसभामा सहभागी नभई सीधै काठमाडौं आएका प्रचण्ड र नेपालले देउवालाई बूढानीलकण्ठस्थित निवासमै भेटेर मिल्ने प्रस्ताव राखेका हुन् । देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार देउवाले बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !