४ जेष्ठ २०८१, शुक्रबार

ओली पक्षको स्थायी कमिटी बैठक शुरु, पत्रकारलाई किन प्रवेशमा रोक लगाइयो ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पनुःस्थापना गर्ने फैसला गरेपछि त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

बैठकमा नेताहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल लगायतको सहभागी छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेपनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताइसकेको छ । संसदको सामना गर्ने बताइसकेको छ ।

प्रचण्ड–नेपाल समूह अहिले देशभर विजय जुलुस निकालिरहेका छन् । ओली समूह रणनीति तय गर्ने बैठकहरुमा व्यस्त हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !