विद्युतीय समस्याका कारण निफ्राको सेयर मूल्य शून्यमा
काठमाडौं । नेप्से परिसूचक(टीएमएस) मा विद्युतीय समस्या आएका कारण सेयर कारोबारमा समस्या देखिएकाे छ । समस्याका कारण विभिन्न कम्पनीका सेयर ओरालो लागेकाे छ ।
जसकारण नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर शून्यमा झरेको छ ।सेयर मूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भएपनि आज नेप्सेमा प्राविधिक समस्या आउँदा मूल्य शूल्यमा झरेको जनाइएको छ । यसका लागि नेप्सेमा प्राविधिक टोली लागि परेका छन्।कारोबारको पहिलो दिनदेखिनै अस्वभाविक रुपमा बढेको निफ्राको सेयर मूल्य यतिबेला शून्यमा झरेको हो ।