७ मंसिर २०८१, शुक्रबार

खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री कृष्णगोपाल



काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वास प्रस्ताव आएपनि यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले अविश्वास प्रस्ताव सामना गरेर अघि बढिने बताए ।

ओलीपक्षीय नेकपाका नेता श्रेष्ठले भने, ‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन् । यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

श्रेष्ठले प्रधानमन्त्री बदिदेऊ भन्दै केही नेताहरू घर-घर चाहारे पनि फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनावी बाटोमै जाने बताए ।



प्रतिक्रिया दिनुहोस !