बिहान ८ बजे सबै जिल्ला सदरमुकाममा कार्यक्रम गर्न नेकपाको निर्देशन
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए ।
फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सहभागी हुन समेत आह्वान गरिएको छ । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो ।
‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं ! सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे । केन्द्रीय संघर्ष समिति, नेकपा ’ नेता रिजालले ट्विटरमा लेखेका छन्,।