२९ बैशाख २०८१, शनिबार

यस्तो छ, श्रीमानश्रीमती बीचको झगडा हुदा रोक्ने तरीका



काठमाडौं । नेपाली उखानै छ, ‘लोग्नेस्वास्नीको झगडा परालको आगो ।’ तर, कहिलेकाहि सामान्य विवाद समेत ठुलो झगडामा परीणत हुन्छ ।

घर व्यवहार चलाउने क्रममा सानोतिनो असमझदारी हुदाँ हुने सामान्य विवाद हुनु ठिकै हो हो । तर, यसलाई धेरै लामो समयसम्म कायम राख्नु भने हुदैँन ।

यस्तो छ झगडा हुदा रोक्ने तरीकाः

  • झगडापछि रिस उठेमा आफूलाई शान्त पार्न मनोरञ्जनमा मनलाई भुलाउनु पर्दछ । सकेसम्म आफूलाई खुसी बनाउने र पार्टनरका बारेमा आउने नकारात्मक बिचार त्यागेर सकारात्मक ५ वटा कुरा खोजौं ।
  • पति पत्नीबीच बहस हुन थालेपछि त्यसमा छिनोफानो गर्ने भनेर नलाग्नुहोस् । आफुलाई जिताउन बहसलाई नरोज्नुहोस् । दुईमध्ये एक पछि हट्नुहोस् ।
  • झगडा पर्दा एउटा पार्टनर चुप लाग्नुपर्छ । यसले झगडा अघि बढ्न पाउँदैन । तर सधै एउटै पार्टनर चुप लाग्नु पर्छ भन्ने हुदैँन । बरु एकछिन तर्क वितर्क नगरी बस्नु पर्दछ ।
  • झगडा हुनुमा कुनै कारण हुन्छ । यदि त्यसमा आफ्नो गल्ती भए माफि माग्नु उत्तम हुन्छ । तसर्थ गल्ती ढाकछोप गरी कुर्तक गरि जित्न तर्फ नलानुहोस् ।
  • आपसी असमझदारीबाट झगडा सुरु हुने हुदाँ पार्टनरको तर्क बुझ्न तर्फ लाग्नु पर्दछ । पार्टनरले भन्न खोजेको कुरा वा आशय बुझेरमात्र कुनै निष्कर्ष निकाल्नु पर्दछ । यसमा धैर्यता महत्वपुर्ण हुन्छ ।

माथिका उपायबाट दम्पतीबीचको झगडा अन्त्य गर्न सकिन्छ । तर जति ठुलो बिषय भएपनि भुलेर पनि कार्यालय जानुअघि, सन्तान वा आमाबुवाका अगाडी, साथीसंगी तथा छरछिमेक अगाडी, ड्राइभिङ गरिरहेको बेला, कामले थाकेर आएको बेला, भोको वा तनावग्रस्त अवस्थामा, मदिरा पिएको बेला, विशेष दिन जस्तै बर्थ डे, एनिभर्सरी लगायतका दिनमा दम्पतीले एकआपसमा झगडा, विवाद वा भनाभन गर्नु हुदैँन । रिस एक क्षणको आवेग हो, यसलाई शान्त हुन दिनु पर्दछ ।



प्रतिक्रिया दिनुहोस !