४ जेष्ठ २०८१, शुक्रबार

आज २०७७ फागुन १२ गते बुधवारको राशिफल



आज २०७७ फागुन १२ गते बुधवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष राशि

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा पनि मन जाला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन राशि

विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह राशि

आज वाहान सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला ।

तुला राशि

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु राशि

आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

कुम्भ राशि

आज मित्रसंग मीठो भेट–घाट रहला । शुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ ।

बृष राशि

आज आर्थिकपक्ष र शेयर बाजारबाट राम्रै सफलता मिल्नेछ । प्रीय व्यक्तिसंग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ ।

कर्कट राशि

आज दिनको उत्तरार्ध भने सुखद् रहनेछ । अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ ।

कन्या राशि

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक राशि

सामान हराउने वा चोरी हुने भयछ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

मकर राशि

आज दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ ।

मीन राशि

आज प्रेमीको सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।



प्रतिक्रिया दिनुहोस !