५ जेष्ठ २०८१, शनिबार

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले गौरवको अनुभूति भएको छः प्रचण्ड



चितवन ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद् पुनस्स्थापनाको खबर पाउँदा गर्व लागेको बताएका छन् ।

संसद् पुनस्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि भरतपुरमा आयोजित एक कार्यक्रममा उनले यो फैसललाले जनताको जित भएको बताएका हुन् ।

प्रचण्डले भने, आज यहाँ प्रवेश गर्नेबित्तिकै यो फैसला आयो बडो गौरवको अनुभूति गरेको छु। उनले सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्नु सम्पूर्ण नेपालीको ऐतिहासिक जित भएको भन्दै विजयीउत्सव बनाउन आग्रह गरेका छन् । “यो आममानिसको पत्रकार, कानुनविद्, संविधानविद्हरूको पनि जित भएको बताएका छन् ।

यस्तै उनले संसद् विघटनविरुद्ध लड्ने सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद दिँदै सहकार्य र समझदारीबाट अघि बढ्ने पनि बताए । ओलीको सेटिङमा भ्रममा परेका साथीहरू भ्रम नपर्नुस् मूल पार्टीमा फर्कनुस्, उनले भने, केपी ओलीको भुलभुलैयामा बस्ने समय छैन ।

सोही कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर विरोधसभामा हिँडे पनि चितवन आएलगत्तै आफ्नो जित भएको बताए । चितवन भाग्यमानी जिल्ला भएको भन्दै उनले भने, सर्वोच्च अदालतको फैसलाले सत्यको जित भयो न्यायको जित भयो, जनताको जित भयो । यो ऐतिहासिक फैसला हो । भोलिबाट विरोध जुलुसको सट्टा विजय जुलुसको लहर छाइने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !