१५ चैत्र २०८०, बिहीबार

श्वेता खड्का अब आमा बन्दै



काठमाडौं । सुदुर पश्चिमका विजेन्द्र रावतसँग विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का अब आमा बन्दै छिन् ।उनी रियल लाईफमा नभई रिलमा आमा बन्ने भएकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् ।
उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो ।

अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने जनाएको छ । चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ ।

डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !