१२ मंसिर २०८१, बुधबार

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य छः नेपाली कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ ।

आज कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !