५ जेष्ठ २०८१, शनिबार

केपी ओलीको असफलताको लागि पनि चुनाव आवश्यक छ : नेता थापा



हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।संसद विघटन सम्बन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने बिचार ब्यक्त गरे।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको भन्दै थापाले भने-‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन,काग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्नेछ’ ।गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा-१३ को पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै निशेधको राजनितिले मुलुकलाई सड्ढट तर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए। थापाले बिगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !