५ जेष्ठ २०८१, शनिबार

निर्वाचन कांग्रेसले जित्छ, ओली समूह दोस्रो हुन्छः गोकुल बास्कोटा



काठमाडौ । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले प्रचण्ड–माधव नेपालहरूले घरमा आगो लगाएर भागेको टिप्पणी गरेका छन् ।गृहजिल्ला काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आफ्नै घरमा आगो लगाउनेहरूलाई दण्ड दिइने चेतावनी दिए ।

उनले घरमा डडेलो लगाउनेहरूलाई दण्ड दिनुपर्ने बताए ।‘हामीलाई दण्ड दिन चाहने साथीहरू । केही साथीहरू यस्ता छन्, अन्यथा नलागोस्’, उनले भने, ‘जसले इतिहासमा लाशको खातमाथि शंखधुन बजाएर त्यसलाई सरस्वतीले बजाएको विना जस्तो ठाने । ती साथीहरू अहिले प्रधानमन्त्रीलाई प्रतिगमन ग¥यो भनेर शंख फुक्दै छन् । यो नक्कली कुरा हो । ढाँट कुरा हो ।’नेकपाका नेता बास्कोटाले कांग्रेसले जित्ने सम्भावना रहेको बताए । कांग्रेसले जित्न नसके ओली समूहको नेकपाले जित्ने भन्दै उनले प्रचण्ड–माधव समूहलाई पत्तासाफ बनाउने चेतावनी दिएका छन् ।

‘केही पाखण्डीहरू यही मात्रै देख्छन् । म भोट माग्दैन’, उनले भने, ‘सहि मूल्यांकन गर्ने बेलाए आएको छ । यात कांग्रेस जित्नेछ । या त केपी ओलीले नेतृत्वको गरेको नेकपाले जित्नेछ ।’यो समाचार रिपब्लिक दैनिक बाट लिईएको हो।



प्रतिक्रिया दिनुहोस !