२ जेष्ठ २०८१, बुधबार

सर्वोच्चको आदेशविपरीत धर्मेन्द्र रिहालगत्तै पुन: पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई पुन: पक्राउ गरिएको छ ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्चको गेटबाट प्रहरीले बलपूर्वक पक्राउ गरेको छ ।

सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै धमेन्द्र बास्तोलालाई पुनः पक्राउ गरेको हो ।नेपाल प्रेस



प्रतिक्रिया दिनुहोस !