नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै ओलीको भलाइ छ : पाण्डे
काठमाडौ।विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत पुस्तालाई चिढाएको अभिव्यक्ति दिएका छन् । काठमाडौँमा अध्ययनरत विभिन्न जिल्लाका युवाहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । ‘देशमा २४ वर्षमुनि आधा जनसङ्ख्या छ । कपुरी क सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका २१औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर ओलीले र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ । त्यसैले अब ओलीको पुस्तालाईनै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ’ पाण्डेले भने ।
ओलीले नागरिकसँग माफी माग्दै राजिनामा दिनुपर्ने उनको भनाइ छ । ‘ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ’ उनले भने, ‘यसो गर्दा देश, संविधान, लोकतन्त्रको भलो हुन्छ । सबैभन्दा बढी ओलीको भलो हुन्छ ।’