५ जेष्ठ २०८१, शनिबार

टाेपबहादुरलाई ओलीकाे चेतावनी : भनेकाे मान्ने कि मन्त्रीबाट हटाइदिउँ ?



काठमाडौं। कुलमान घिसिङले बसालेको थिति र विधि भत्काउदै अहिले नेपाल विद्युत् प्राधिकरण बालुवाटारको योजनामा काम हुन थालेको छ। प्राधिकरण सञ्चालक समितिमा प्रतिगमनकारी समूह पूर्ण रुपमा अल्पमतमा परेपछि विभागीय मन्त्री टोपबहादुर रायमाझीलाई समेत थाहै नदिई आजभोली बालुवाटारको निर्णय हावी हुन थालेको छ।पछिल्लो पटक प्राधिकरण सञ्चालक समितिले लोडसेडिङको समयमा उद्योगी, व्यवसायीले प्रयोग गरेको डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गर्‍यो ।

लामो समयदेखि गुजुल्टिएको डेडिकेटड र ट्रंक लाइनको महसुल किस्ताबन्दीमा तिर्दा पनि हुने भन्ने प्राधिकरण सञ्चालक समितिको निर्णय रहेको छ। निर्णय गरेर बाहिर निस्कदा ननिस्कदै विभागीय मन्त्री समेत रहेका सञ्चालक समितिका अध्यक्ष टोपबहादुर रायमाझीलाई बालुवाटारबाट फोन आयो। फोनमा भनियो, म विष्णु रिमाल बोलेको, प्रधानमन्त्रीले भेटन खोज्नु भएको छ। उनले प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय आफूलाई समेत चित्त नबुझेको र आफूले प्रधानमन्त्रीलाई समेत त्यसबारेमा जानकारी गराएको रिमालले फोनमा नै रायमाझीलाई भने। उनले तत्काल मन्त्रीज्यूलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भन्ने रिमालले सुनाए।पटकपटक पत्रकार सम्मेलनमा नै दिउँसै लड्काइयो भन्ने मन्त्री रायमाझी त्यसदिन पनि साँझमै लड्काउने भन्दै बसेका थिए।

मन्त्री क्वाटर पुल्चोकमा रहेको उनले पाएको घरमा सहयोगीले पाँच किलो बोइलर कुखुरो पनि ल्याएका थिए। दिउँसै लड्काउने बानी भएका रायमाझी पनि त्यसदिन मुडमा थिए। तर, बालुवाटारबाट विष्णु रिमालको फोन आएपछि भात भान्छानै छाडेर उनी बालुवाटारतर्फ दौडिए। उनको सुरक्षामा खटिएका प्रहरी तथा नेपाली सेनाका कर्मचारी समेत सँगै दौडिए। अधिकांश सुरक्षाकर्मी समेत आउट डे«समा नै थिए। मन्त्री बालुवाटार भन्दै हिँडेपछि उनीहरु पनि जुन जुन अवस्थामा थिए, सोही अवस्थामा नै दौडिए। रातको झण्डै ९ बज्न लागेको बेला उनी बालुवाटार पुगे। प्रधानमन्त्रीको प्रतिक्षालयमा रहेका रिमालले टोपबहादुरलाई देख्ने बित्तिकै सोधे, उद्योगीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउन बाध्य बनाउन खोजेको ?

यस्तो हावादारी निर्णय गर्ने आँट कहाँबाट आयो, मन्त्रीज्यूलाई भन्दै हप्काए। रिमाल बोलीरहेको बेला नै प्रधानमन्त्रीका सहयोगी समेत रहेका राजेश बज्राचार्य आइपुगे। उनले समेत प्राधिकरणका कार्यकारी निर्देशकको असहमतिका बीच यस्तो बेलामा किन निर्णय गरेको भन्दै थर्काए। होइन, होइन मिलाएर नै गरिएको छ। केही समस्या भएको भए पुनः बैठक बसेर सच्याउला नि भन्दै उनी प्रधानमन्त्रीको कोठामा छिर। ओली आफ्ना गुटका केही कार्यकर्तासँग गफिदै थिए। बालुवाटार स्रोतका अनुसार जब प्रधानमन्त्री ओलीले टोपबहादुरलाई देखे। तब उनले भने, जे मन लाग्यो, त्यही निर्णय गर्ने, चुनावका लागि पैसा चाहिन्छ, उद्योगी व्यवसायीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुलको विषय उठाएर भड्काउन खोजेको भन्दै तत्काल निर्णय सच्याउन ओलीले निर्देशनात्मक शैलीमा टोपबहादुरलाई थर्काए। रायमाझी बोल्न खोज्दै थिए। ओलीले रोके र भने ‘जता पनि निहुँ खोज्ने काम गरेको छ।लोकपाटी न्यूज़ बाट



प्रतिक्रिया दिनुहोस !