२ जेष्ठ २०८१, बुधबार

लागूऔषधसहित भारतीय पक्राउ



काठमाडौं । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३ सय, नोर्फिन ३ सय र फेनेरागन ३ सय थान बरामद गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !