२ जेष्ठ २०८१, बुधबार

सुर्खेतमा पनि देखियो ‘बर्डफ्लु’



सुर्खेत । सुर्खेतमा पनि बर्डफ्लु भेटिएको छ । यहाँको वीरेन्द्र नगरपालिका १२ स्थिति नौलोटोलमा कृषकले पालेको स्थनीीय कुखुरा र परेवामा ‘बर्डफ्लु’ भेटिएको हो ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको बुझिएको छ ।

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी कृष्णप्रसाद चपाइले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !