देउवालाई रामचन्द्रको जवाफ- पैसाको अभावले आन्दोलन रोकिन्न
काठमाडौ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।
नेपाल प्रेस सुनसरी सुनसरीले आज विहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आन्दोलन पैसा होइन बिचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । सर्वोच्चको फैसला नेपाली कांग्रेसले मान्ने बताएका पौडेलले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’
कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए ।
उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको भन्दै आलोचना गरेका छन् ।Npl Press