७ मंसिर २०८१, शुक्रबार

उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडिया बने : प्रधानमन्त्री



काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताए । उनले सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर सभामभुख अदालत गएको बताए ।

ओलीले भने–सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।

ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पनि आलोचना गरे । पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश प्रमुखको सपथग्रहण बहिस्कार गरेका थिए भने प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !