मेरो चरित्र हत्या गर्ने प्रयत्न भयो : नेता गौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनले हिजो (शुक्रवार) सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हन् ।
उनले लेखेका छन्, ‘प्रेस विज्ञप्ति:मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!वामदेव गौतमसंयोजकनेकपा एकता राष्ट्रीय अभियान७।११।२०७७’