४ जेष्ठ २०८१, शुक्रबार

पौडेलको प्रश्नः वैशाख २७ पछि नेपालको शासनको अथोरिटी को सँग हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो हुनेवाला चुनाव नभएको बताएका छन्। धरानमा शुक्रबार बीपी कोइरालाको सालिक अनावरणपछि पौडेलले भने ‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएका हौं। शेरबहादुर देउवाले विघटन गरेको संसदलाई पनि हामीले आन्दोलनबाट फर्काएको हौं। फेरि इतिहास नदोहाेरियोस् २०६२-६३ को जस्तो।

अदालतले संसद विघटनलाई सदर गरोस्। नगरे फेरि ठूलो आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस्। यो चुनाव त हुनेवाला छैन। वैशाखको २७ गतेपछि शासनको अथोरिटी अधिकार कोसँग हुन्छ ? चुनाव गर्छु भनेकाले वैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्योभन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ ? त्यसो हुँदा मुलुकमा अराजकता आउँछ। त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए। जोसँग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए। जोसँग हतियार छ उही शक्तिशाली हुने दिन आउँछन् । कोसँग हुन्छ शासन गर्ने अधिकार। मुलुकमा यस्तो अवस्था आउने नेता पौडेलले बताए।

पौडेलले यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई बेवारिसे छोड्न नहुने बताए । उनले भने ‘मेरो पार्टीका नेताहरुसँग यही आग्रह छ। नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा रमिते बन्न हुँदैन। कांग्रेस देशको वारेस हो। कांग्रेस देशको भरोसा हो। हिजो राजा थिए। आजको भरोसा राजनीतिक दल नै हुन्।

राजनीतिक दललाई पनि नेपाली जनताले भरोसा गरेका थिए। ती जनतालाई धोका दिएर कता कता पुगे। कांग्रेस सही बाटोमा सही ढंगले उभिएन भने कांग्रेसलाई भरोसा किन गर्ने ? जनताले भरोसा नै गर्ने ठाउँ पाएनन् भने के हुन्छ ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौं। संविधान र लोकतन्त्र जोगाउँछौं। नेपाली जनताको ७० वर्षसम्मको पसिना खेर जान दिंदैनौं। यो परिवर्तन हामी जोगाउँछौं भनेर कांग्रेसले भन्नुपर्छ। यो संविधान र लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मूल्य चुकाउनु नहुने पौडेलको भनाइ थियो।

उनले पार्टीमा संवैधानिक अंगका नियुक्तिको खारेजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गरौं भन्ने तीन प्रस्ताव राखेको तर प्रस्ताव पास नभएको बताए । पार्टी निर्णयविहीन भएर बसिराखेको छ। हामी निर्णयविहीन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो, मुलुकलाई बाटो देखाउने हो पौडेलको भनाइ थियो।Nepal Press



प्रतिक्रिया दिनुहोस !