२८ बैशाख २०८१, शुक्रबार

नागरिक आन्दोलनमा उत्रिएका महिलालाई बलात्कार र हत्या गर्ने धम्की



काठमाडौ। प्रतिगमन तथा बलात्कारविरुद्धको मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ ।

बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर गत माघ ३० गते काठमाडौंमा आयोजित आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको उल्लेख गरिएको छ ।

यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्ने नागरिक आन्दोलनको प्रतिबद्धता छ ।

यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीलाई तत्काल कारबाही गर्न पनि बृहत् नागरिक आन्दोलनले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !