१५ चैत्र २०८०, बिहीबार

स्वस्तिमालाई दक्षिण भारतीय फिल्म कम्पनीद्वारा प्रस्ताव, काठमाडौं आएको टोलीसँग मिटिङ



काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई दक्षिण भारतीय सिनेमा निर्माण कम्पनी एन्जल मारिया सिनेमाज्ले उसको आगामी फिल्म ‘थिरिमाली’को लागि प्रस्ताव गरेको छ ।

नेपाल प्रेससँग कुरा गर्दै अभिनेत्री खड्काले काठमाडौं भ्रमणमा रहेको निर्माण टीमसँग एक चरणको मिटिङ भएको जानकारी दिइन् । ‘उहाँहरुले प्रस्ताव गर्नुभएको छ र रोलबारे प्रस्ताव गर्नुभएको छ’ उनले भनिन्, ‘तर, खेल्ने निधो लागिसकेको छैन ।’

खड्काले उक्त निर्माण कम्पनीको समूहसँग काठमाडौंमा भेटेको तस्विर सार्वजनिक भएको छ जहाँ नेपाली निर्माता सरोज न्यौपाने पनि देखिएका छन् । आफूलाई प्रस्ताव गरिएको भूमिकाबारे भने स्वस्तिमाले खुलाइनन् ।

उक्त निर्माण कम्पनीको वेब पोर्टलअनुसार थिरिमालीको छायांकन काठमाडौंसहित सगरमाथा क्षेत्रमा हुने जनाइएको छ । फिल्ममा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका हुने उल्लेख छ ।Nepal Press



प्रतिक्रिया दिनुहोस !