प्रधानमन्त्री ओलीले भने- ‘सरकारले संविधान मिच्दैन र मिच्न दिँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनमतको भावना विपरित नजाने बताएका छन् ।आज ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीलेजनअनुमोदित प्रक्रियाको बाटोमा जाने र देशलाई अस्थिरताबाट जोगाउनको लागि आफूले नयाँ निर्वाचनको घोषणा गरेको बताए । साथै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् ।