६ जेष्ठ २०८१, आईतवार

मंगल ग्रहमा नासाको अन्तरिक्षयानको सफल अवतरण



काठमाडौ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ‘पर्सिभरन्स रोभर’लाई सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । 

पृथ्वीबाट २९३ मिलियन माइलको यात्रा पार गरेर पुगेको उक्त रोभरले मंगलग्रहको भूमध्यरेखा नजिक रहेको जेजेरो क्रेटरमा आज आठ बजेर ५५(जिएमटी) मा अवतरण गरेको हो ।करिब २९३ मिलियन माइलको यात्रा तय गर्दै उक्त रोभर विगत ६ महिना अघि पृथ्वीबाट निस्किएको थियो ।

अवतरणबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । 

बाइडेनले लेखेका छन्, ‘नासा र सबैको मिहेनतले यो एतिहासिक अवतरण सफल भएकोमा सबैमा बधाई । विज्ञान र अमेरिकी चातुर्यको शक्तिअघि केही पनि सम्भावना भन्दा बाहिर छैन भन्ने आज पनि प्रामाणित भएको छ ।’

अब अर्को दुई वर्षसम्म जेजेरोमा पहिलाको जीवनको प्रमाण खोज्न त्यहाँका स्थानीय चट्टान फोड्नमा समय खर्चिने जनाइएको छ ।

अर्बौ वर्ष पहिला जेजेरो एउटा विशाल ताल भएको अनुमान गरिएको छ । पानी भएको ठाउँमा जीवन पनि हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !