११ बैशाख २०८१, मंगलवार

भ्यालेन्टाइन डेटिङअघि गुप्तांग ठूलो बनाउन भन्दै स्टिलको रिंगभित्र छिराएपछि…



काठमाडौं। भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गुप्तांग ठूलो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गुप्तांगलाई स्टिलको रिंगभित्र छिराए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म खतरनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ । द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न चाहेको बताएका छन् ।युवकका अनुसार उनले अंगमा रगतको दबाब बढाएर ठूलो र कडा बनाउन रिंग प्रयोग गर्न सकिने कुरा सुनेका थिए ।

त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिंगमा तेल प्रयोग गरेर आफ्नो गुप्तांग छिराए । तर, भोलिपल्ट उनको गुप्तांग निकै पीडादायी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अड्किएको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इमरजेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै काट्नुपर्छ कि भनेर म निकै डराइरहेको थिएँ । यो निकै सुन्निएको थियो र मलाई त फुट्छजस्तो लागेको थियो ।’ रिंग काटेर उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो । उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइएको छ । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए ।Dc nepal



प्रतिक्रिया दिनुहोस !