२१ बैशाख २०८१, शुक्रबार

मोरिस बने आइपिएलकै सर्वाधिक महँगा खेलाडी,कति छ उनको मूल्य ?



काठमाडौ।दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल)को सर्वाधिक महँगा खेलाडी बनेका छन्। 

चेन्नईमा जारी अक्सनबाट उनी आइपिएलको सर्वाधिक महँगा खेलाडी बनेका हुन्। उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारूमा खरिद गरेको छ। आइपिएलको अक्सनबाट कुनै पनि खेलाडीले पाएको यो सर्वाधिक रकम हो। 

३३ वर्षीय मोरिसलाई आफ्नो टिममा ल्याउन मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बैंग्लौर र राजस्थान रोयल्सबी प्रतिष्पर्धा भएको थियो। उनको आधार मूल्य ७५ लाख भारू रहेको थियो।  

यसअघि भारतीय अलराउण्डर युवराज सिंह आइपिएलका सर्वाधिक महँगा खेलाडी थिए। उनलाई सन् २०१५ को आइपिएलमा तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारूमा खरिद गरेको थियो। 

एजेन्सी



प्रतिक्रिया दिनुहोस !