नेपालमा कोरोना : थप ९६ जनामा संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना निको भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।
हालसम्म नेपालमा २१ लाख ३१ हजार ३ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ भने हाल १ हजार ६ सय ३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।