९ मंसिर २०८१, आईतवार

प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाए अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ



काठमाडौं । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चमा उपस्थित भएका छन् ।बिहीवार दिउँसो अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफसहित उपस्थित हुन आग्रह गरेको थियो ।

त्यस्तै आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जवाफ लिएर उपस्थित भएका हुन् ।लिखित जवाफ सर्वोच्चमा बुझाएर प्रधानमन्त्री ओली केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस !