८ मंसिर २०८१, शनिबार

एमिकस क्युरीको बहस : ‘प्रधानमन्त्रीलाई विशेषाधिकार छैन्’



काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा मंगलवारदेखि सर्वोच्चको संवैधानिक इजलासमा अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस शुरु भएको छ ।बुधवार (आज) एमिकस क्युरीका सदस्य एवम् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले बहस गरेका छन् ।बहसका क्रममा अधिवक्ता खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको जिकिर गरेका छन् ।

बहसका क्रममा अधिवक्ता खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको जिकिर गरेका छन् ।त्यस्तै २०४७ सालको संविधानको धारा ५३(४) हटाउनु भनेकाले लुकाएर राखेको नभनेको समेत उनले बताए ।त्यस्तै आम मानसि र सञ्चारकर्मीहरुले बहसका लागि एमिकस क्युरी गठनका विषयमा प्रश्न उठेको बारे इजलासमा चर्चा गरेका थिए । ‘‘छापामा, आममानिसले, नेताले व्यक्तिको निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाए । तर, मलाई लाग्छ यो पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ ।’’उनले भने ।



प्रतिक्रिया दिनुहोस !